
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले प्रदेश खेलकुद परिषदको पत्राचार अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला छनोट सुरु गरेको छ । छनोटको पहिलो दिन धादिङबाट फुकन्ट्यक्ट कराँते र कबड्डीका खेलाडीहरु छनोट भएका छन् , भने आज टेबुल टेनिस र भोली बुद्धिचाल, आईटीएफ तेक्वान्दोका छनोट खेलहरु हुने छन् ।
जिल्ला खेदकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि धादिङबाट पुरुष फुकन्ट्यक्ट कराँते तर्फ ४० केजीमा विक्रम कुमार गैरे, ४५ केजीमा विवेक श्रेष्ठ, ५० केजीमा सन्दिप काप्री, ५५ केजीमा सुजन परियार, ६० केजीमा भुवन प्रसाद उप्रेती, ६५ केजीमा मदन थापामगर र खुल्ला तर्फ सिर्जन अधिकारी छनोट भएका छन् । यस्तै फुकन्ट्यक्ट कराँते महिला तर्फ ४० केजी तर्फ झरना थापा मगर, ४५ केजी तर्फ एकता कुमाल र खुल्ला तर्फ संगिता पाण्डे छनोट भएका छन् ।
पुरुष कबड्डी तर्फ धादिङबाट विवेक मानन्धर, अभिषेक मानन्धर, रञ्जित श्रेष्ठ, सुदिप धिकारी, विनोद थापामगर, प्रमोद कुमार श्रेष्ठ, विजय तामाङ, सुमित दुधराज, विशाल सापकोटा, विवेक रञ्जितकार, रोहन रानामगर र रञ्जित श्रेष्ठ रहेका छन् ।
यस्तै महिला कबड्डी तर्फ सरितामायाँ घले, सृजना तामाङ, रेजिना बुढाथोकी, अनु तामाङ, धना राहाडीमगर, विप्सा तामाङ, लक्ष्मी आलेमगर, देवकी दर्लामी मगर, खुसी गुरुङ, संगिता सापकोटा, अप्सरा गुरुङ र सविना तामाङ रहेका छन् ।
छनोट भएका खेलाडीहरु प्रदेश स्तरीय छनोट खेलमा सहभागी हुने र प्रदेशबाट पनि छनोटमा पर्न सफल खेलाडीहरुले असोजको पहिलो हप्ताबाट गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग पाउने अध्यक्ष तामाङले धादिङपोष्टलाई बताए । फोटोेः प्रतापसिंह तामाङ
