“तेस्राे मार्पाक प्रमियर लिग” फुटसल हुदै

Avatar photo
Dhadingpost
भदौ ८, २०७९

काठमाण्डाै:- धादिङ्ग जिल्लाकाे साबिक मार्पाक स्तरिय फुटसल प्रतियाेगिताकाे तेस्राे सस्करण आगामी शनिबार हुनेभएकाे छ । मार्पाक भेट्रान्स फुटसल टिमकाे ब्यबस्थापनमा काठमाण्डाैकाे फ्रेन्डस स्टार फुटसल भत्केपुलमा “तेस्राे मार्पाक प्रिमियर लिग” नामक फुटसल प्रतियाेगिताकाे शनिबार हुने लिग प्रतियाेगिताका मुख्य संयाेजक फणिन्द्र गुरुङ्गले जनकारी दिनुभयाे ।

भाद्र ११ गते शनिबार बेलुका ४ बजेबाट शुरु हुने लिग फुटसल प्रतियाेगितामा साबिक मार्पाकका टिम मार्पाक, टिम भेट्रान्स, टिम थला, टिम सि.सि.एम., टिम खानीगाउ, टिम ईन्द्रजंग र टिम निमार्चाेक गरि ७ वटा टिमले सहभागिता जनाउनेछ ।

लिग च्याम्पियन हुने टिमले च्याम्पियन ट्रफी साथै नगद पुस्कार प्राप्त गर्नेछ भने दृितिय र तृतिय हुने टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने साथै उत्कृष्ठ फरवार्ड, गाेलकिपर र डिफेन्सलाई समेत पुरस्कृत गरिने आयाेजकले जनाएकाे छ ।काठमाण्डाैमा सम्पन्न पहिलाे र दाेस्राे सस्करणकाे लिगमा टिम मार्पाक लगातार बिजयी भएकाे थियाे ।

लिगकाे प्रायाेजकमा नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं.१ काे कार्यालय, मार्पाक साथै सहयाेगी सस्थामा मार्पाक सामुदायिक क्लब, मार्पाक, धादिङ्ग रहनुकाे साथै मिडिया पार्टनरमा भिजन न्युज नेपाल, बागमति खेल डटकम, धादिङ्ग पाेष्ट डटकम र निलकण्ठ एफ.एम. रहेकाे लिगका मुख्य संयाेजक फणिन्द्र गुरुङ्गले जानकारी गराउनुभयाे ।

काठमाण्डाैमा लिग फुटसल प्रतियाेगिता गराउनुकाे उदेश्य स्वास्थ्य, मनाेरन्जन, लुकेर रहेका मार्पाकका प्रतिभाहरुकाे खाेजी साथै आपसी मेलमिलाप र सद्भाव कायम राख्दै मार्पाकका युवाहरुबिच भेटघाट र एकता कायम गर्ने रहेकाे आयाेजकले जनाएकाे छ ।