धादिङमा कोरोनाको सक्रिय केश १३१ पुग्यो, आज १९ जना थपिए

Avatar photo
Dhadingpost
भदौ ६, २०७९

धादिङ । पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए सँगै धादिङमा कोरोनाको सक्रिय केश १३१ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धुनिबेसी नगरपालिकामा २, त्रिपुरासुन्दरी गाउँपालिकामा ८ र ज्वालामुखी गाउँपालिकामा ९ गरेर जिल्लामा आज १९ पोजिटिभ केश देखिएको छ । ३६ एण्टिजेन परिक्षणमा १९ पोजिटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जना र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जना गरी कूल ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यस दिन ४५६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार २९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल ४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् । साथै, सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४४ हजार ९४० पुगेको मन्त्रालयले जनाएको छ ।