
धादिङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुँदैछ । यसै प्रतियोगिताको लागि यति बेला देशैभरिका जिल्लाहरुले खेलाडी छनोट सुरु गरि रहेका छन् ।
बागमती प्रदेश खेलकुद परिषदले भदौ १० गते भित्र जिल्ला छनोट गरि सक्न पत्रचार गरे सँगै धादिङ जिल्लाले भोली अर्थात भदौ ७ देखि ९ गते सम्म खेलाडी छनोट गर्ने भएको हो ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार धादिङ भाद्र ७ गते कबड्डी, फुलकन्ट्याक्ट कराँते, ब्याडमिण्टनका छनोटका खेलहरु हुने छन् । भाद्र ८ गते टेबुलटेनिस र भाद्र ९ गते बुद्धिचाल, आईटीएफ तेक्वान्दोका खेलहरु हुनेछन् ।

