
धादिङ । मलेसियामा भदौ २ गदे देखि ५ गते सम्म संचालन भएको सरवाक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपालको प्रतिनीधित्व धादिङकी सुप्रिमा बजगाईले आयोजक देश मलेशियालाई हराउँदै ४२ केजी समुहमा च्याम्पियन बनेकी छिन् ।
ब्रुनाई र इन्डोनेशियालाई हराउँदै फाईनलमा पुग्न सफल सुप्रिमालेफार्ईनलमा मलेशियालाई हराउँदै च्याम्पियन बनेकी हुन् । धु्नीबेसी नगरपालिका निवासी सुप्रिमाले ४२ केजी तर्फ मलेसिया, थाईल्याण्ड र हङकङमा भएका अन्तर्राष्ट्रिय म्याच यस अघि पनि खेलि सकेकी खेलाडी हुन् ।
यस्तै नेपालबाट प्रतिनीधित्व गर्दै ५४ केजी समुहमा खेका अभिशेक डल्लाकोटी भने सेमिफार्ईनलमा रोकिदा तृतिय बने । उनी सेमिफार्ईनलमा मलेशिया सँग पाजित भएपछि फाईनल पुग्न रोकिएका थिए । डल्लाकोटीले पनि यस अघि जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् ।
नेपाल तेक्वान्दो संघ धादिङका प्रदिप गिरीका अनुसार यी दुई खेलाडी धादिङको मात्रै नभएर नेपाल कै उत्कृष्ट खेलाडी हुने यस अघि पनि उनीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय मेडलहरु जित्दै आएका छन् । फोटोः टिम कोच, विकेश विडारी
यस्तो थियो नतिजा
Suprima Bajagain
JESSIE VANNESSA ANAK
STEPHEN- Malaysia FINAL
UR SYAHFITRI BT ABDUL
RAHMAN- INDONESIA – SEMI FINAL
TAN Y E FAY E – BRUNEI 1ST FIGHT
Abhishek Dallakoti
DZAKII FARAAS -1ST FIGHT
PHAN HONG NGOC- Vietnam 2
KANRAPEE RATTANAPONG- SEMI FINAL Lost
