धादिङबाट वाईसीयलको केन्द्रिय सदस्यमा ५ जना चयन

Avatar photo
Dhadingpost
भदौ ६, २०७९

धादिङ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला ३५१ सदस्यीय केन्द्रीय सदसय चयन गर्दै आईतबार साँझ सकिएको छ ।

भेलाले ६१ जना पदाधिकारी मध्य अध्यक्षमा सुवोध श्रीपाली र महासचिवमा गणेश शाहीलाई चयन गर्दा धादिङबाट सचिव सहित ५ जना केन्द्रिय सदस्यमा चयन भएका छन् ।

धादिङबाट केन्द्रिय सदस्य हुनेमा उपत्यका विशेष प्रदेशबाट धादिङका थाक्रेका शंकर आचार्य बाईसीएलको सचिवमा चयन भएका छन् । पूर्वजनमुक्ति सेना एवम् यस अघि (वाईसीएल) को लेखा आयोगमा रहेका सन्तोष डल्लाकोटी र वाईसीएल धादिङका इन्चार्ज राजाराम रिजाल, काठमाडौंबाट धादिङ गंगाजुमना गाउँपालिका गुम्दीका सन्तोष गुरुङ, वाईसीएल धादिङका अध्यक्ष रोमी घले गरी ५ जना केन्द्रिय सदस्यमा चयन भएका छन् ।

वाईसीएलको राष्ट्रिय भेलाको शुक्रबारदेखि भएको थियो । पार्टी अध्यक्ष प्रचण्डले गरेको उद्घाटनपछि बन्दसत्र सम्पन्न भए पनि निर्वाचन प्रक्रिया सुरु भएकामा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि उनी वाईसीएलको सहसंयोजक थिए ।