धादिङको धुनीबेसीलाई ख वर्गको एम्बुलेन्स हस्तान्तरण

Avatar photo
Dhadingpost
भदौ ५, २०७९

धादिङ । धादिङ समाज जापान, गैरआवाशीय नेपाली संघ जापान र सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोले आज एक औपचारिक कार्यक्रम गरि (ख) वर्गको एम्बुलेन्स धुनीबेसी नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

धादिङबाट जापान गईबसोबास गरेका र देशका अन्य विभिन्न भू-भागबाट जापानमा रहेका नेपाली नागरिकहरुको करिब १० लाख सहयोग र धुनिबेशी नगरपालिकाको करिब ९ लाख गरी कुल १९ लाख लागतमा खरिद गरिएको एम्बुलेन्स धुनीबेसीलाई हस्तान्तरण भए सँगै मेयर बालकृष्ण आचार्यले आजैबाट एम्बुलेन्स संचालनमा आएको घोषणा गरेका छन् ।

गैर आवाशीय नेपाली संघ अन्तरद्धिप समन्वय परिषदका पूर्व अध्यक्ष तथा सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोका रोटरीयन भवन भट्टले धुनिबेशी नगरपालिकाका मेयर आचार्यलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । धादिङ जिल्जामा चल्ने ७० वटा एम्बुलेन्हरु मध्य ख वर्ग एम्बुलेन्स संख्या दुई पुगेको छ ।