रुबीभ्यालीले डिजिटल शिक्षा प्रणाली लागु गर्दै

Avatar photo
Dhadingpost
भदौ ५, २०७९

धादिङ। धादिङ जिल्लाको उत्तरी क्षेत्र समेटिएको रुबीभ्याली गाउँपालिकाले डिजिटल शिक्षा प्रणाली सुरुगर्ने भएको छ ।

विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकैसाथ सूचना प्रविधिमा अभ्यस्त गराउन रुबीभ्याली गाउँपालिका सामुदायिक माध्यमिक विद्यालयमा डिजिटल शिक्षा प्रणाली सुरु गर्न लागिएको गाउँपालिका प्रमुख रामसिंह तामाङले बताए ।

५ वर्षभित्रमा पालिकाका सबै सामुदायिक विद्यालयलाई डिजिटल शिक्षा प्रणाली बनाएर कम्प्युटर प्रविधिमार्फत पठनपाठन गराउने योजना रहेको उनले बताए ।

गाउँपालिकाले हाल १० कक्षालाई डिजिटल प्रविधिबाट पठनपाठन गराउने तयारी थालेको छ । डिजिटल शिक्षा तयारीका लागि गाउँपालिकाको विशेष टोलिले काठमाडौंमा आइटी टीमसंग भेट समेत गरेको छ । जसमा पालिका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत र प्रधानाध्यापकहरुको टिम रहेको थियो । फोटो : रोशन फ्युवा तामाङ