कांग्रेस एमाले र माओवादीको धादिङ-पोखरा सम्पर्क मञ्च/समितिको कार्यक्रम एकै दिन किन जुधाईयो ?

Avatar photo
Dhadingpost
भदौ ५, २०७९

पोखरा । शनिबार पोखरामा ठुला ३ पार्टीहरु (एमाले, कांग्रेस र माओवादी) को धादिङ-पोखरा सम्पर्क मञ्च/समितिको कार्यक्रम सम्पन्न भए । एकै दिन ३ पार्टीको कार्यक्रम जुझाउने कुनै योजना नभएको र पूर्वनिर्धारित कार्यक्रम भएको र एकै दिन पर्नु संयोग मात्रै भएको उनीहरुले बताए ।

माओवादी नीकट धादिङ-पोखरा जनसम्पर्क मञ्चले लेकसाईडमा तिज विशेष कार्यक्रम राखेको थियो जसमा माओवादी केन्द्र धादिङका ईन्चार्ज एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, नेताहरु रामबहादुर भण्डारी, दलबहादुर बुर्लाकोटी (विजय), मनराज भण्डारी, शम्भु श्रेष्ठ, दिपक विश्वकर्मा यस्तै काग्रेसको धादिङ–पोखरा सम्पर्क समितिको तेश्रो अधिवेशन सम्पन्न भयो । उक्त कार्यक्रममा धादिङबाट जिल्ला सभापति रामनाथ अधिकारी, पूर्व सभापति रमेश धमला लगायतका नेताहरु सहभागि थिए ।

यस्तै पोखरामा शनिबार आयोजित नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चको ११ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरेका थिए । साधारणसभा उद्घाटन गर्दै उपाध्यक्ष पाण्डेले सत्ता गठबन्धनको कटाक्ष गरेका थिए । पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले भने, ‘यो गठबन्धन विचार मिल्नेहरुको गठबन्धन होइन । भागवण्डामा गरिएको गठबन्धन कहिलेसम्म जान्छ हेरौं ।’ ‘भाग तलमाथि हुनासाथ गठबन्धन भत्किन्छ । एक्लाएक्लै एमालेसँग भिड्ने ताकत कसैको छैन’, उनले ठोकुवा गरे ।

मञ्चका पूर्व अध्यक्षसमेत रहेका जिल्ला कमिटी धादिङका सदस्य बेनी पाठक, जिल्ला कमिटी धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, धादिङको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडा, मञ्चका संस्थापक अध्यक्ष कृष्ण लम्साल, निवर्तमान अध्यक्ष वीरबहादुर थापालगायतले बोलेका थिए । मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज) ले स्वागत गरेका थिए ।