
काठमाडौं । माओवादी केन्द्र धादिङका ईन्चार्ज एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले कार्यकर्ताहरुलाई मनमा केहि तितो भएर फालेर चुनाव केन्द्रित बन्न निर्देशन दिएका छन् ।
नेकपा माओवादी केन्द्र, धादिङ-पोखरा जनसम्पर्क मञ्चद्धारा आयोजित तीज बिशेष कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै इन्चार्ज जमकट्टेलले नेताहरुबाट केहि कार्यगत त्रुटिहरु भए होलान् यहि विषयलाई इगो बनाएर विरोधीहरुलाई हँसाउनु हुन्न गर्न धेरै बाँकी छ, विरोधरीहरुले जिते भने जनयुद्ध र जनआन्दोलनको उपलब्धी गुम्ने खतरा रहेको भन्दै आन्तरीक गुनासो छाडेर माओवादी केन्द्र जिताउ अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन गरेका हुन् ।
पार्टीले उम्मेदवार कस्लाई बनाउँछ गौण कुरा हो, जो उठेपनि पार्टीले जित्नु पर्यो । माओवादीले हार्दा उपलब्धी गुम्छ निराशा हैन उत्साहका साथ जनताकोमा जाऔं धेरैकाम गर्न बाँकी छन् कार्यकर्ता र जनताका आकांक्षा पार्टीले एक/एक गरेर पुरा गर्ने जमकट्लले बताएको उपन्द्र जमकट्टेलले धादिङपोष्टलाई जानकारी दिए ।
पोखरा लेकसाईड सेदीमा भएको उक्त भेटघाट कार्यक्रममा धादिङबाट नेताहरु रामबहादुर भण्डारी, दलबहादुर बुर्लाकोटी (विजय), मनराज भण्डारी, शम्भु श्रेष्ठ, दिपक विश्वकर्मा, नवराज अधिकारी, धादिङमा माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनीधिहरु लगायतको आतिथ्यता रहेको थियो ।
