
धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने र बुझाउन बाँकी उम्मेदवार/जनप्रतिनिधिहरुको नाम सार्वजनिक गरेको छ ।
कार्यालयले पटक-पटक निर्वाचनको खर्च वितरण बुझाउन गरेको आग्रहलाई अटेर गरेपछि वितरण नबुझाउनेहरुको नाम सार्वजनिक गरेको हो ।
स्थानीय तहको निर्वाचनमा धादिङको १३ वटा स्थानीय तह र १०४ वटा वडामा गरी २२७५ जना उम्मेदवारहरु मध्ये पालिका प्रमुख तर्फ ७ जनाले खर्च विवरण बुझाएका छन् भने ६ जनाले अझै खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
खर्च विवरण बुझाएका धादिङका पालिका प्रमुखहरु
१. गंगाजमुनाका भक्तबहादुर लामा (कांग्रेस)
२. गल्छीका केदारनाथ खतिवडा, (एमाले)
३. ज्वालामुखीका यमनाथ दनै (कांग्रेस)
४. धुनीबेसीका बालकृष्ण आचार्य (एकीकृत समाजवादी)
५. नीलकण्ठका भिम प्रसाद ढुङ्गाना (कांग्रेस)
६. नेत्रावती डवजोङ मेघनाथ रिजाल (कांग्रेस)
७. सिद्धलेकका परशुराम खतिवडा (कांग्रेस)
खर्च विवरण बुझाउन बाँकी रहेका धादिङका पालिका प्रमुखहरु
१. खनियाबासका रणबहादुर तामाङ, (कांग्रेस)
२. गजुरीका गणेशलाल श्रेष्ठ (माओवादी केन्द्र)
३. त्रिपुरासुन्दरीका राजु उप्रेती, (कांग्रेस)
४. थाक्रेका रामकुमार आचार्य, (एमाले)
५. बेनिघाट रोराङका कृष्ण प्रसाद थपालिका (विवेक) (माओवादी केन्द्र)
६. रुबिभ्यालीका रामसिंह तामाङ (माओवादी केन्द्र)
धादिङका खर्च विवरण बुझाएका र नबुझाउने उम्मेदवार/जनप्रतिनिधिहरुको नामावली
