धादिङका सुप्रिमा र अभिशेक तेक्वान्दो खेल्न मलेशिया जाने

Avatar photo
Dhadingpost
भदौ १, २०७९

धादिङ । आफ्नो उमेर समुहमा जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिता खेलि सकेका धादिङका दुई खेलाडी सुप्रिमा बजगाई र अभिशेक डल्लाकोटी सरवाक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा भाग लिन मलेशिया जाने भएका छन् ।

धु्नीबेसी निवासी सुप्रिमाले ४२ केजी तर्फ मलेसिया, थाईल्याण्ड र हङकङमा भएका अन्तर्राष्ट्रिय म्याचमा समेत सहभागीता जनाई सकेकी छिन । भने बेनीघाट रोराङ निवारी ५४ केजी समुहमा खेल्ने अभिशेक डल्लाकोटी पनि जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलि सकेका खेलाडी हुन् ।

यो सरवाक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता मलेशियामा भदौ २ गदे देखि ५ गते सम्म संचालन हुने नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले धादिङपोष्टलाई बताए ।