
धादिङ । धादिङको गंगजमुना गाउँपालिका स्थित चिमचोकमा आजैका दिन अर्थात २०५९ श्रावण ३१ गते तात्कालिन माओवादी नेता एव् जनमुक्ति सेनाका कमाण्डर रामशरण न्यौपाने (समुन्द्र) र स्थानीय कालु तामाङलाई तात्कालिन सेनाले हत्या गरेको थियो ।
जनमुक्ति सेनाको सेक्सन कमाण्डरको जिम्मेवारीमा रहेका गंगाजमुना गाउँपालिका बसेरी निवासी रामशरण न्यौपाने (समुन्द्र) लाई तात्कालिन शाही सेनाले फुलखर्कको चिमचोक भन्ने ठाउँमा बेलुकी ५ बजे गोली हानी हत्या गरेको थियो ।
यस्तै साविक गुम्दी गाविस१ का कालु तामाङलाई शाही सेनाले २०५९ श्रावण ३१ गते घरबाटै सेनाले पक्राउ गरी केही तल लगेर माओवादी नदेखाई माओवादीलाई सहयोग गरेको आरोपमा गोली हानी हत्या गरेका थिए ।
रामशरण न्यौपाने (समुन्द्र) संक्षिप्त परिचय
धादिङ गंगाजमुना गाउँपालिका साविकको बसेरी गाविस वाड न ९ लापडाँडामा गरिव परिवार जन्मेका उनी कक्षा ९ पढ्दापढ्दै रोजिरोटीको लागि भारत गएका थिए । २०५६ सालमा भारत नै रहदा नै माओवादी संगठनमा बसेर काम गरेका उनी २०५७ मा नेपाल आए पछि २०५७ फागुन २५ गते पूर्णकालिन भएका थिए ।
उनले धादिङ दार्खा, नुवाकोट तारुका, गोर्खा ताकु, गोर्खा वार्पाक स्याङ्जा लगायतका ठाउँहरुको आक्रमणमा सहभागित जनाएका थिए सविन न्यौपानेले धादिङपोष्टलाई बताए ।
