धादिङ २ मा कांग्रेसका ४ नेता संघीय सांसद बन्न आकांक्षी

Avatar photo
Dhadingpost
साउन ३१, २०७९

धादिङ । धादिङमा विस्तारै चुनावी चहल पहल सुरुहुन थालेको छ भने, टिकटका लागि दौडधुप सुरु भएको छ । सिट बाँडफाडमा सत्ता गठबन्धनका दलहरु नटुङ्ग्याउँदै टिकटका लागि नेताहरुले लभिङ सुरुगरेका छन् ।

धादिङ संघीय क्षेत्र नम्बर १ मा कांग्रेसले चासोको साथ लिएको देखिदैन बाम पार्टीहरुको बाहुल्यता रहेको उक्त क्षेत्र माओवादी वा समावजादीलाई दिएर २ नछाड्ने तयारी गरेको बताईएको छ । संघीय क्षेत्र नम्बर २ को टिकटको लागि नेताहरु दिलमान पाख्रिन, सभापति रामराथ अधिकारी, तिलक रुवाली र पूर्व सभापति रमेश धमला आकांक्षी देखिएका छन् ।

कांग्रेस धादिङमा दिनमान समानुपातिकमा बस्नु पर्ने बहस चले पनि उनी यस अघिको निर्वाचनमा झिनो मतले पराजित हुनुको पिडा यो पटक प्रत्यक्ष लडेर भुल्न चाहेका छन् भने पूर्व सांसद रामनाथ अधिकारी पनि एक पटक फेरि टिकट लिनका लागि पहल सुरुगरेका छन् ।

दुबै श्रद्धय नेता गणहरुले अफुलाई छाड्नेमा ढुङ्क रहेको पूर्व सभापति रमेश धमला बताउँछन् । दिलमान जी समानुपातिकबाट सांसद बन्ने सुनिश्चित हुनुपर्छ भने रामनाथ अधिकारीले पार्टी हाँक्नुपर्छ विकास र समृद्धिका लागि धादिङ क्षेत्र नम्बर १ को संघीय सांसदको लागि आफुलाई पार्टीले टिकट दिनेमा ढुक्क रहेको धमलाले धादिङपोष्टलाई बताए ।

नेता तिलक रुवालीले आफू पनि संघीय सांसदको टिकटको मुख्य दावेदार भएको बताएका छन् । संघ बुझेको भोली मन्त्री हुनु पर्दा त्यो क्षमता पुरा गर्ने धादिङको योग्य कांग्रेस नेता आफूभएको र टिकट पाउने मुख्य पात्र नै आफूभएको उनले बताए ।