
न्युयाेर्क । “नेपाली डायस्पोरामा सामुदायिक सक्रियतालाई पुन: परिभाषित गर्दै” भन्ने मूल नाराका साथ सम्पन्न तामाङ समाज अमेरिकाको वार्षिक साधारण सभाबाट धादिङका बुद्धिमान वाईवा महासचिवमा चयन भएका छन् ।
क्विन्स् ब्रीज पार्क न्युयोर्कमा सम्पन्न उक्त कार्यसमित पुनरगठन कार्यक्रमबाट निवर्तमान महासचिव राजु तामाङलाई उपाध्यक्ष, सचिव बुद्धिमान वाइबालाई महासचिब, बुद्धिमान घिसिङलाई सचिव साथै अदिप लामा, बिर लामा र प्रेरणा वाइबालाई बोर्ड अफ् डाइरेक्टरको जिम्मेवारी प्रदान गरेकोछ भने अन्य पदहरुमा यथावत नै गरिएकाे छ ।
संस्थाकी अध्यक्ष बिनिता तामाङकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका नेता भोजराज थोकरकाे प्रमुख अातिथ्यता, तामाङ समाज अमेरिकाका संरक्षक एवं एल्मर्स्ट हस्पिटल क्विन्सका कम्युनिटी एड्भाइजरी बोर्डका अध्यक्ष लुइसाङ् वाइबाकाे विशेष अाथतिथ्यता रहेकाे थियाे ।
यस्तै अतिथिहरुमा न्यु योर्क सिटी मेयर कार्यालय एशिया समितिका सल्लाकार नवराज केसी, जनसम्पर्क समिति अमेरिकाका नेता वेद खरेल, NRN न्यु योर्क च्याप्टरका अध्यक्ष आङ्छिरिङ् शेर्पा, य़ुनाइटेड़ शेर्पा एसोसियसनका छिरिङ् शेर्पा, न्यूयोर्क राज्यको पर्यटनदूत प्रदिप श्रेष्ठ,
तामाङ सोसाइटी अफ् अमेरिकाका पुर्ब अध्यक्ष समाजसेवी शान्त थोकर लगायत थिए ।
संस्थाका निवर्तमान महासचिव राजु तामाङले संस्थाकाे आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए, भने नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि भोजराज थोकरद्वारा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा विभिन्न खेल, नृत्यद्वारा मनोरंजनात्मक कार्यक्रम समेत गरिएकाे थियाे ।
