
जापान । धादिङ समाज जापानले स्थानीय जनप्रतिनिधी संग परिचय तथा अन्तरक्रया कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष दिनेश शर्मा लोहनी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री माननीय राजेन्द्र पाण्डेको प्रमुख आतित्यथा रहेको थियो ।
कार्यक्रममा जिल्लाका सम्पुर्ण पालिका प्रमुख जिल्ला समन्वय समितिका अध्यक्ष अन्तराष्ट्रिय धादिङ समाजका सदस्यहरु धादिङ समाज जापानका सदस्य तथा सल्लाहाकारहरुले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमका संयोजक श्याम हरी तिमल्सिनाले उपस्थित माझ संस्थाको कार्ययोजना तथा प्रगती विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम मा बोल्दै मुख्य मन्त्री पाण्डेले समाजले कोरोना कहरमा जिल्लामा गरेको स्वास्थ्य सामाग्री सहयोगको उच्च प्रशंसा गदै जिल्लाको दिगो बिकासमा सबै संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराले प्रवासमा रहेका सम्पुर्ण धादिङबास लाई एकीकृत गर्न समाज लागी परेको बताएका थिए ।
कार्यक्रमको अन्तम सबैलाई धन्यबाद दिदै अध्यक्ष लोहनीले जिल्लामा आइपर्ने सम्पुर्ण सामाजीक कार्यमा धादिङ समाज जापान संधै लागी पर्ने बताएका थिए । र्भचुअल माध्यममा संचालन भयको कामक्रमलाई धादिङ समाज जापानका महासचिव बिमल श्रेष्ठले सहजीकरण गरेका थिए ।
