
धादिङ । धादिङबसीमा आफ्नो कला संस्कृति झल्कने गरि गाईजात्रा गरेको झिँगु नेवा समाज धादिङले आज रोपाई जात्रा हुने जनाएको छ ।
रोपाइँ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट शुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुसीयालीमा यो जात्रा मनाइन्छ ।
यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी नाच्ने गाउने गरिन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ) मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्दछन् । गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ ।
यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन्। धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ । फाईल तस्वीरः नारायण कुमार श्रेष्ठ
