
धादिङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले २८ औं विश्व आदिवासी दिवस र २३ औं फोनिज स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा अन्तरक्रिया गरेको छ ।
फोनिज क्रियाशिल वर्ष पुरस्कार शंकर श्रेष्ठलाई, संस्थापक अध्यक्ष गुरुङ र नेपाल पत्रकार महासंघ फोनिज धादिङले सम्मान गरेको हो । ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ बाट पत्रकार शंकर श्रेष्ठ पुरस्कृत भएका हुन् । पुरस्कृत श्रेष्ठ फोनिज वागमती प्रदेश समितिका कोषाध्यक्ष समेत हुन् ।
यसैगरि फोनिजले धादिङले फोनिज धादिङका संस्थापक अध्यक्ष ठाकुर गुरुङलाई सम्मान गरेको छ । गुरुङले जिल्लामा फोनिज स्थापना गरि जनजाती पत्रकारहरु संगठीत गराउन महत्वपूर्ण भुमिका निभाएका थिए । दिवशकै अवसर पारेर नेपाल पत्रकार महासंघलाई पनि फोनिज धादिङले सम्मान गरेको फोनिज धादिङका सचिव रेखबहादुर गुरुङले बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप मेयर दिपक विश्वकर्माले पछिल्लो समय आधुनिकताको नाममा वा बाह्य संस्कृतिका कारण नेपालको आदिवासी जनजातिको संस्कृतिमा विचलन आउन थालेको बताएका थिए । समाज रुपान्तरणको हिस्सेदार मध्य संचारकर्मी र संचार माध्यामले आदिवासी जनजातिहरुको संस्कार, सस्कृति र परम्पराको जगेर्ना गर्ने गरि समाचार सम्प्रेषणमा जोडदिनु पर्ने उनको जोड थियो ।
