निलहरि प्यानलमा धादिङका ५ जना उम्मेदवार

Avatar photo
Dhadingpost
साउन २७, २०७९

धादिङ । यहि ३० गते सम्पन्न हुन गहिरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा कांग्रेस र एमालेको एउटा समुहको समर्थन रहेको निलहरि प्यानलबाट धादिङका ५ जना पर्यटन व्यवसायीहरुले उम्मेदवारी दिएका छन् ।

धादिङका रामप्रसाद सापकोटा (कमल) अध्यक्षका उम्मेदवार रहेपनि अर्का अध्यक्षका उम्मेदवार निलहरी बास्तोलाको समुहबाट उम्मेदवारी दिने धादिङका ५ जना पर्यटन व्यवसायीहरुमा कृष्णप्रसाद दाहाल, विनोद सापकोटा (बाबु), पुरुषोत्तम तिमल्सेना (पुरु), गणेश बहादुर अधिकारी र रामप्रसाद बन्जरा (रिचार्ड) छन् ।

पदाधिकारी सहित १७ जनाको लागि हुने टानको यस निर्वाचनमा ३ जना पदाधिकारी सहित ५ जना धादिङको मात्रै उम्मेदवार बनाएको भौगोलिक र पर्यटकिय क्षेत्रलाई समेट्न नसकेको यस समुहलाई आरोप लागेको छ । अर्को प्यानलको अध्यक्ष नै बामपन्थीहरु पर्यटन व्यवसायीहरुको समर्थनमा धादिङका रामप्रसाद सापकोटा (कमल) ले दिएका छन् ।

निलहरि प्यानल उम्मेदवारी दिएका धादिङका ५ उम्मेदवारहरुको संक्षिप्त परिचय
कृष्णप्रसाद दाहाल
बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार
कृष्णप्रसाद दाहाल टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट बरिष्ठ उपाध्यक्षका प्रत्यासी हुनुहुन्छ । नेपालको पर्यटन व्यवसायमा महत्वपुर्ण स्थान ओगटेको पर्यटकीय जिल्ला धादिङको गंगाजमुना गाउँपालिकामा जन्मिनुभएका दाहाल ग्लोबल एड्भेन्चर टेकिङका प्रबन्ध निर्देशक हुनुहुन्छ । शिक्षाशास्त्रमा स्नातक उहाँ अंग्रेजी र हिन्दीमात्र होइन, स्पेनिस भाषामा समेत पोख्त हुनहुन्छ । सन् २००२ मा अन्तराष्ट्रिय आरोहीहरुलाई प्रसिद्ध चुचुरो आमादब्लमको सफल आरोहण गराई लाइभ ब्रोडकास्ट गरी नेपालको पर्यटन प्रमोशनमा उल्लेखनीय योगदान पुर्याउनुभएका दाहाल समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । २०७२ सालको भुकम्पपछि पिडित र प्रभावितहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उहाँले आर्थिक तथा भौतिक सहयोग पुर्याउनुभएको थियो ।

विनोद सापकोटा (बाबु)
महासचिव पदका उम्मेद्वार
विनोद सापकोटा (बाबु) टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट महासचिवका प्रत्यासी हुनुहुन्छ । नेपालको पर्यटन व्यवसायमा महत्वपुर्ण स्थान ओगटेको पर्यटकीय जिल्ला धादिङको निलकण्ठमा जन्मिनुभएका सापकोटा नेपाल ट्रेक एडभेन्चर एन्ड एक्सिपिडिसनका प्रबन्ध निर्देशक हुनुहन्छ । स्नातकसम्मको अध्ययन पुरा गर्नुभएका उहाँ पर्यटन र समाजसेवासँगै कला क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँले केही समयअघि लभ डायरिज नामक चलचित्रको निर्माण गर्नुभएको थियो । लायन्स क्लव अफ नेपाल एभरेस्टका चार्टर मेम्बर सापकोटा किवानीज क्लव अफ निलकण्ठ, धादिङका प्रिसिडेन्ट पनि हुनुहुहन्छ । २०७२ सालको भुकम्पले भत्किएका स्कुलहरुको पुननिर्माणमा विशेष योगदान पुर्याउनु भएका उहालेँ नेपालको पर्यटनको प्रचारप्रसार गर्दै भारत, लिथुनिया, लाटभिया, इस्थेनिया, इटाली, नर्वे, पोल्यान्ड, टर्कीलगायत युरोपका अधिकाँश देशहरुको भ्रमण गर्नुभएको छ ।

पुरुषोत्तम तिमल्सेना (पुरु)
कोषाध्यक्ष पदका उम्मेद्वार
पुरुषोत्तम तिमल्सेना (पुरु) टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट कोषाध्यक्षका प्रत्यासी हुनुहुन्छ । पर्यटकीय जिल्ला धादिङको ज्वालामुखीमा जन्मिनुभएका उहाँ एभोव द हिमालय ट्रेकिङ्गका प्रबन्ध निर्देशक हुनुहुन्छ । सरस्वती क्याम्पस, ठमेलवाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पुरा गर्नुभएका उहाँ समाजसेवीको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँले शमीभञ्याङ माविमा हिमालयन लाईब्रेरी स्थापनाको लागि सहयोग गर्नुभएको थियो भने वराह कालिका माविको भवन निर्माण पनि महत्वपूर्ण सहयोग रहेको थियो । खेलकुद विकास समाज र ठुलो चौर माविमा कम्प्युटर शिक्षालय स्थापनाका लागि पनि उहाँको महत्वपुर्ण योगदान रहेको छ । नेपाली पर्यटनको प्रचारप्रसार गर्दै उहाँले अमेरिका, युएई, भुटान, भारत, मलेसिया, थाइल्यान्ड, सिंगापुर, स्पेन नेदरल्यान्ड, चीन, इन्डोनेसिया, फ्रान्स, इजरायल, श्रीलंका, माल्दिभ्स, लाओस, कम्बोडियालगायतका देशहरुको भ्रमण गर्नुभएको छ ।

गणेश बहादुर अधिकारी
सदस्य पदका उम्मेद्वार
गणेश बहादुर अधिकारी टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । पर्यटकीय जिल्ला धादिङको गंगाजमुनामा जन्मिनुभएका उहाँ फुटप्रिन्ट एड्भेन्चरका प्रवन्ध निर्देशक हुनहुन्छ । ट्रेकिङ गाइडका रुपमा उहाँले देशका अधिकाँश ट्रेकिङ ट्रेललाई छामिसक्नुभएको छ । युवा जोश र जाँगरले भरभराउँदो उहाँ नाच्न गाउन पनि उत्तिकै सिपालु हुनुहुन्छ । व्यवसायका साथसाथै समाजसेवामा पनि उत्तिकै सक्रिय उहाँको मिलनसारिता लोभलाग्दो छ ।

रामप्रसाद बन्जरा (रिचार्ड)
सदस्य पदका उम्मेद्वार
रामप्रसाद बन्जरा (रिचार्ड) टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । राजधानी छेवैको पर्यटकीय जिल्ला धादिङको त्रिपुरासुन्दरीमा जन्मिनुभएका बन्जरा हिमालय ल्यान्ड ट्रेक्स एन्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक हुनुहुन्छ । बीबीएससम्मको अध्ययन पुरा गर्नुभएका उहाँ व्यवसायसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । २०७२ सालको विनाशकारी भुकम्पपछि र कोभिड महामारीताका उहाँले पुर्याउनुभएको सहयोगको धेरैले मुक्तकन्ठले प्रशंसा गर्छन् । त्यसक्रममा उहाँले ३५ भन्दा बढी जिल्लामा खाद्यान्न वितरण गर्नुभएको थियो ।