
सुन्दर लामा
धादिङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङले भित्ते लेखन र प्रचार-प्रसारको कामलाई तिब्र पारिएको छ । नवौं महाधिवेशन केन्द्रित प्रचार-प्रसारको कामलाई तिब्र बनाएको हो ।
अगामी असोज १ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने नेकपाको नवौं महाधिवेशनको प्रचार-प्रसारलाई तीव्रता दिदै राजधानी छिर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गको विभिन्न स्थानमा भित्तेलेखन गरिएको नेकपा धादिङले जानकारी दिएको छ ।
