धादिङमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना पुष्टि

Avatar photo
Dhadingpost
साउन २२, २०७९

धादिङ । धादिङमा यो पछिल्लो २४ घण्टाको अवधिमा ८ जना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज संक्रमित हुनेमा बेनिघाट रोराङमा १, त्रिपुरासुन्दरीमा ५, गंगाजमुनामा १ र धादिंग हस्पिटलमा १ छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ४० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ५१ जना र १ हजार ७४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार ७३८ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५६ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ६५९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ ।