
धादिङ । धादिङबेसी स्थित धादिङ फुटबल एकेडेमीको उत्पादन सुशील तामाङ नेपालको राष्ट्रिय टिम यु -१७ को ४५ जनाको बन्द प्रशिक्षणमा छन् ।
धादिङका फुटबलर रवि भण्डारीको प्रशिक्षणमा हुर्किएका सुशील राष्ट्रिय टिमको क्लोज क्याम्पमा छनोट हुनु जिल्ला कै गौरवको कुरा हो । एक सात अघि मात्रै सम्पन्न यु २० को साफ च्याम्पियनसिफ नेपालको राष्ट्रिय टिममा खनियाबासका इश्वर गुरुङ खेलेका थिए ।

सानो उमेरका सुशील तामाङ जिल्लामा हुने क्लव स्तरीय प्रतियोगिताहरुमा पनि रोजाईको खेलाडी पर्दथे । उनी सहभागि टिमले जिल्लामा कयौं प्रतियोगिताहरु समेत चुमि सकेको उनले आफ्नो सामाजिक संजालमा पोष्ट गरेको फोटोहरु देखाउँछ ।
अब एन्फाले क्लोज क्याम्पमा रहेका ४५ जनाबाट छानेर राष्ट्रिय टिम घोषणा गर्नेछ र उक्त टिमले सेप्टेम्बर ५ देखि श्रीलंकामा सुरुहुने साफ यू-१७ च्याम्पिएनसिफ २०२२ र अक्टोबर १ देखि भियतनाममा सुरु हुने यू-१७ एशियन कप २०२२ खेल्ने छ ।
