नेता झलनाथ खनाल भोली धादिङबेसी आउने

Avatar photo
Dhadingpost
साउन २०, २०७९

धादिङ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल भोली (साउन २१ गते शनिबार) धादिङबेसी आउने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धादिङको बैठक तथा प्रशिक्षणका लागि नेता खनाल सहित पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्रि राजेन्द्र पाण्डे लगायतका नेताहरु धादिङबेसी आउने नेता गुरु प्रसाद बुर्लाकोटीले धादिङपोष्टलाई बताए ।
तस्वीर : झलनाथ खनालको फेसबुकबाट