
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ घर भै जिल्ला कारागारमा कार्यरत ४२ वर्षिय राम बहादुर नेपाली अचानक छाती भारी हुने, दुख्ने, समस्या भएपछि बिहान साढें ६ बजे जिल्ला अस्पताल पुगे ।
नेपालीको इसीजी जाँच गरेर हेर्दा मुटुको अति जटिल आकस्मिक समस्या MI निदान भएको र निजलाइ आकस्मिक शाखाबाट Inj.Tenecteplase 40 mg IV सहित अन्य आबस्यक औषधि दिई डाक्टर सुस्मिता देवकोटाले थप उपचारको लागि गङ्गालाल मुटु रोग अस्पताल बासबारी रिफर गरिन् ।
मुटुको MI हुँदा दिइने र मुटुरोग उपचार अस्पतालमा मात्रै पाइने Tenecteplase इन्जेक्सनको बजार मुल्य ८० हजार भन्दा माथी रहेकोे छ । निशुल्क रुपमा उक्त Tenecteplase इन्जेक्सन लगाएर नेपालीलाई रिफर गरिएको अस्पतालले जनाएको छ । यो औषधि बागमती प्रदेश सरकारको आर्थिक सहयोग र गङ्गालाल मुटु रोग अस्पतालको मुटु रोग उपचार कार्यक्रम मार्फत धादिङ अस्पताललाई उपलब्ध हुँदै आएको छ ।
