विभिन्न २२ वटा अस्पताललाई हेमोडायलाईसिस मेसिन प्रदान

Avatar photo
Dhadingpost
साउन १७, २०७९

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहका २२ वटा अस्पताललाई सरकारले १३३ वटा हेमोडाइलासिस मेसिन वितरण गरेको छ ।

मिर्गौलाका बिरामीलाई प्रयोग हुने सो मेसिन स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले गत आर्थिक वर्षमा खरीद गरि वितरण गरेको हो ।

अस्पतालको आवश्यकताको पहिचान गरेर मेसिन पठाइएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए ।