धादिङको सिद्धलेक र बेनीघाट रोराङमा प्रमुख प्रशासकिय अधिकृत फेरिए

Avatar photo
Dhadingpost
साउन १७, २०७९

धादिङ । धादिङको सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् ।

सिद्धलेक गाउँपालिकामा कार्यरत नन्दलाल शर्मा सरुवा भए सँगै जिल्ला प्रशासन धादिङमा कार्यरत राममणि मिश्र प्रमुख प्रशासकिय अधिकृत भएर सिद्धलेक गएका छन् भने बेनीघाट रोराङका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईको उमेर हदबन्धीका कारण अवकाश भएपछि निमित्त बनेर बोदराज पाठकले कार्य संचालन गर्दै आएकोमा दाङबाट भीष्मकुमार मल्ल आएका छन् ।

सिद्धलेकबाट नन्दलाल शर्मा बन्दिपुर गाँउपालिका तनहुँमा सरुवा भएका हुन् भने बबई गाउँपालिका दाङमा ४० महिना सेवा गरेपछि भीष्मकुमार मल्ल बेनीघाट रोराङ सरुवा भएर आएका हुन् ।