धादिङबेसी अरुण खोला मिच्न फेरि सुरु, नीलकण्ठले जारी गर्यो फेरि सूचना

Avatar photo
Dhadingpost
साउन १७, २०७९

धादिङ । नीलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन समितिले धादिङबेसी आसपासका खोला र सार्वजनिक जग्गा मिचेर घर टहरा नबनाउन र बनाए भत्तकाई दिने निर्णय गरेको एक साता नवित्दै फेरि अरुण खोला मिच्न सुरुभएको छ ।

खोला सँगुरो बनाई भौतिक संरचना बनाउँदा साउन ९ गते आएको अरुण खोलाको भलले खोला किनारका भौतिक संरचनामा क्षेति पुर्याईदिएपछि नगरपालिकाको विपद व्यवस्थापन समितिले खोला अतिक्रमण नगर्न निर्देशन जारी गरेको थियो तर उक्त निर्णय कार्यान्वयन प्रश्न चिन्ह उठि रहेको बेला भत्किएका संरचना फेरि खोला मिचेर निर्माण हुन थाले पछि नगरपालिकाले सूचना जारी गर्दै खोला नमिच्न निर्देशन गरेको छ ।

सूचनामा भनिएको छ, स नीलकण्ठ नगरपालिकाको मिति २०७९/०४/१४ गते बसेको बैठकको निर्णय अनुसार धादिङबेशी बजारक्षेत्र, बजार क्षेत्रमा पर्ने थोपाल खोला, अरुण खोला र आसी खोलाको सिमा तथा आसपासका सरकारी, सार्वजनिक जग्गाको रेखाकंन गरि खोला तथा सडकको मापदण्ड तोक्ने कार्य हुन लागेको हुदाँ सरकारी र सार्वजनिक जग्गा र खोलाको जग्गामा पर्खाल, घर टहरा निर्माण कार्य तथा अतिक्रमण कार्य तत्काल बन्द गर्नुहुन जानकारी गराइन्छ ।

अन्यथा स्थानिय सरकार संचालन ऐन,२०७४ को दफा ४१ को उपदफा १ र २ बमोजिम भत्काउन लाग्ने खर्च समेत सम्बन्धित निर्माण कर्ताबाट असुल उपर गरि नियमानुसार कानुनी कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।