धादिङ अस्पतालमा २ वर्ष देखि शव वाहन छ, तर चालक छैन

Avatar photo
Dhadingpost
साउन १६, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका ११ ज्यामरुङमा ५६ वर्षिय शाक्यले आत्महत्या गरे । पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल ल्याउन शव वाहन खोजियो । शव वाहन छ तर चालक छैन भनेपछि नीलकण्ठ नगरपालिकाले चालक खोजेर उक्त शव वाहन मार्फत उक्त शव जिल्ला अस्पतला ल्याईयो ।

शव वाहान छ तर चालक छैन
जिल्ला अस्पतलामा प्रदेश सरकारले ०७७ कार्तिकमा बा.१ झ. ५२८७ नम्बरको एउटा पुरानो गाडी शव वहानका रुपमा प्रयोग गर्न पठायो एक वर्ष पछि त्यो गाडी फिर्ता गरि प्रदेश सरकारले फेरि ०७८ असोस १७ गते फेरि बा. प्र. ०३००१ झ नम्बरको नयाँ शव वाहन पठायो तर चालक पठाएन ।

चालकको लागि १५ दिन अघि अस्पतालका मेसु मधुकर दाहालले चालक आवश्यकताको सूचना जारी गरे । तर अस्पताल व्यवस्थापन समितिले अस्पतालमा २ वटा चालक रहेको र शव वहानको काम सधैं नआउने हुँदा आर्थिक मितव्ययिताको लागि नयाँ चालक नराख्ने दुई चालक छन् उनीहरुले नै आवश्यकताको आधारमा शव वाहन पनि चलाउँदै आएका कारण अहिले चालक राख्नु नपर्ने र राख्नै परे, पदपुर्ति समितिले सूचना जारी गरी प्रक्रिया पुरा गरेर राख्नु पर्ने अध्यक्ष महेन्द्र धमला बताए ।

मेसु दाहालले हरेक गतिविधि नीतिगत भन्दा बाहिर गएर गर्न थालेको र व्यवस्थापन समिति सँग राय लिने नगर्दा अस्पतालमा भद्रगोल हुँदै गएको अस्पतालका अध्यक्ष धमला बताउँछन् । सुधार्ने पहल मै छु, तर मेसुले व्यवस्थापन समितिलाई नटेर्दा समस्या उत्पन्न हुनथालेको उनले धादिङपोष्टलाई बताए ।