माओवादी नेता मोहन कार्की विरुद्ध पक्राउ पुर्जी जारी

Avatar photo
Dhadingpost
साउन १६, २०७९

धादिङ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा माओवादी केन्द्रका नेता मोहन कार्की विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

हातहतियार तथा खरखजाना मुद्धामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव दागयतका आधा दर्जन नेता विरुद्ध पनि पक्राउ पुर्जीजारी भएको छ ।

जारी पक्राउ पुर्जीमा ३५ दिन भित्र अदालतमा हाजिर हुन भनिएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्धा छ ।