साफ यू-२० मा नेपालको फाईनल यात्रा जिवित तर कठिन

Avatar photo
Dhadingpost
साउन १६, २०७९

काठमाडौं । भारत सँग ८ शुन्यले पराजित साफ यू२० च्याम्पियन्सिपको फाईनल यात्रा जिवित छ तर कठिन । अब नेपालले फाईनल खेल खेल्न बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।

बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि नेपाल फाईनल पुग्छ ।

नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १/१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ‌‌।

नेपालले प्रतियोगिताको सुरुवाती दुई खेलमा गोल नखाएपनि भारतविरुद्ध भने सोच जस्तो प्रदर्शन गर्न सकेन । मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।