नीलकण्ठले खाेला र सार्वजनिक जग्गा मिचेर घर टहरा बनाए भत्काई दिने

Avatar photo
Dhadingpost
साउन १४, २०७९

धादिङ । धादिङबेसी बजारक्षेत्र र बजार क्षेत्रमा पर्ने थोपल खोला,अरुण खोला र आँसी खोलाको सिमा तथा आसपासका सरकारी तथा सार्वजनिक जग्गामा घर टहरा बनाए नगरपालिकाले भत्काउने जनाएकाे छ ।

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको अध्यक्षतामा बसेको आजको बैठकले बिपद् व्यवस्थापन सम्बन्धी उक्त निर्णय गरेकाे हाे ।

बैठकले नेपाल राजपत्र भाग ३ को भु उपयोग नियमावली,२०६९ को अनुसुची १(६) अनुसार बर्गिकरणमा टेवा पुग्ने हुँदा सो कार्य गर्न नापी कार्यालय धादिलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ । त्यसको लागि आवश्यक खर्च नीलकण्ठ नगरपालिकालाई बिनियोजन गर्न सिफारीस गर्ने निर्णय भएको छ ।

खोला आसपासको तोकिएको सेडव्याक र सरकारी सार्वजनिक क्षेत्रमा अनाधिकृत घर टहह निर्माणमा कडाईका साथ प्रतिबन्ध लगाईने भएको छ। सरकारी तथा सार्वजनिक जग्गा मिचेर कसैले जबरजस्ती निर्माण गरेमा स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४१ को उपदफा (१) र(२) बमोजिम भत्काउने खर्च समेत सम्बन्धीत निर्माण कर्ताबाट असुल उपर गरी आवश्यक कानुनी कारबाही गरिने नीलकण्ठ नगरपालिकाले निर्णय गरेकाे छ ।