राप्रपाले धादिङबेसीमा महंगी विरुद्ध थाल ठटायो

Avatar photo
Dhadingpost
साउन ११, २०७९

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले केन्द्रिय कार्यक्रम अनुसार आज धादिङबेसी पुछारबजार देखि जिल्ला प्रशासा गेट सम्म थाल ठटाउँदै बढ्दो महंगी विरुद्ध र्याली प्रदर्शन गरेको छ ।

पार्टीको आन्दोलन परिचालन समितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिले निर्णय गरेबमोजिम साउन महिनाभरि नै राप्रपाले संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

सोही अनुसार आज प्रदर्शन गरिएको जिल्ला उपाध्यक्ष श्यमसिंह ठकुरीले बताए ।