नेपालले आज दाेश्राे खेल श्रीलंकासँग खेल्दै

Avatar photo
Dhadingpost
साउन ११, २०७९

धादिङ । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा पहिलाे खेल माल्दिभ्सलाई सानदार ढंगले साउन ९ गते पराजितगर्दै ३ अंक जाेडेकाे नेपालले आज दाेश्राे खेल श्रीलंका सँग खेल्ने भएकाे छ ।

भारतकाे भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल आज साँझ ७:१५ बजे सुरु हुनेछ ।श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । किनकि नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खल बंगलादेश हारेकाे श्रीलंका आज नेपाललाई हराउने दाउमा रहे छ भने नेपाल दाेश्राे जितका लागि मैदानमा उत्रने छ । नेपाली टिमबाट गाेल रक्षकमा धादिङका ईश्वर गुरुङले खेल्ने छन् ।

नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । आयोजक भारत र नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

नेपाली यू २० टोली
गोलकिपर: इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख
रक्षक: अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा
मिडफिल्डर: दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड: दीपेश राई, निराजन मल्ल, रोशन खड्गी