धादिङमा ८० मध्ये ५७ एम्बुलेन्स संचालनमा, ५६ वटा ‘थर्ड क्लास’ का

Avatar photo
Dhadingpost
साउन ९, २०७९

धादिङ । धादिङ जिल्लामा ५० वटा एम्बुलेन्सले संचालन अनुमति लिएपनि जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा धादिङमा ६१ वटा एम्बुलेन्स संचालनमा रहेको देखिन्छ । तर अभिलेखमा रहेका २ वटा स्वर्गिय सानु बहादुर स्मृति समाज मलेखुको र भैरवी स्मृति संस्था पिडा गजुरी २ को एम्बुलेन्स विक्रि भैसकेका छन्, भने गुम्दी स्वास्थ्य चौकीको एम्बुलेन्स र अर्को एउटा विग्रियर बसेको छ ।

धादिङमा हाल संचालनमा देखिएका ५७ वटा एम्बुलेन्स मध्ये जिल्ला अस्पतालको ५४८२ नम्बर एम्बुलेन्स नाम मात्रको ख वर्गको छ भने, अन्य सबै ‘ग’ वर्गका अर्थात ‘थर्ड क्लास’का छन् । अस्पतालमा रहेको ‘ख’ वर्गको एम्बुलेन्सले पनि तोकिएको सेवा दिन सकेको देखिँदैन ।

जिल्लामा ५७ मध्य १६ वटा एम्बुलेन्स सरकारी छन् । जसमा जिल्ला अस्पतालको दुई मध्य १ वटा मात्रै संचालनमा रहेको छ भने सल्यानटार प्राथमिक स्वस्थ्य केन्द्र सल्यानटारको दुई मध्य १ वटा मात्रै संचालनमा रहेको छ । संचालनमा रहेका एम्बुलेन्सहरुमा २५ वटा मात्रै ग्रामिण सडकमा सहज गुड्न सक्ने फोरह्वल एम्बुलेन्स छन् । एम्बुलेन्स दर्ता गर्दा सार्वजनिक निकाय होस् या ब्यक्तिगत, संस्थानका सबैले दुई वर्ष भित्र ‘ख’ वर्गमा स्तरोन्नती गर्ने प्रतिवद्धता गरेका हुन्छन् । तर अहिलेसम्म ‘थर्डक्लास’ बाट ‘सेकेण्ड क्लास’ मा स्तरोन्नति भएका छैनन् ।

अब ‘ग’ वर्गको एम्बुलेन्सको अनुमति दिन नमिल्ने र ‘ख’ वर्गको मात्रै दिन सकिने व्यवस्था राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले ठोस गरे सँगै स्वास्थ्य कार्यालय धादिङले सबै स्थानीय तहहरुलाई जेष्ठ १८ गते सो जानकारी गराउँदै ‘थर्डक्लास’ का एम्बुलेन्सलाई बिरामी ओसार पोसार गर्ने साधन लेख्न र लेखिएको ‘एम्बुलेन्स’ हटाउन वा ‘क’ ‘ख’ वर्गमा स्तरोन्नती गर्न भनेको छ ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले एम्बुलेन्सलाई तीन वर्गमा बिभाजन गरेको छ । अनुसुची ४ को दफा (४) को उप दफा ३ अनुसार ‘क’ वर्गको एम्बुलेन्समा डाक्टर सहित अक्सिजन, नेभुलाईजेशन उपकरण, डेलिभरी सेट सहितका उपकरण जडान गरिएको हुनुपर्छ । त्यो अत्याधुनिक हुन्छ । ‘ख’ वर्गमा स्टाफ नर्स वा एचए तहका स्वास्थ्यकर्मी सहित उपचारका आवश्यक सामग्री हुनुपर्छ । ग वर्ग स्तर उन्नती नभएहरु पीटीभीका रुपमा रहने एम्बुलेन्स लेख्न नपाईने दिर्घ रोगी, डाईलेसिस गर्न, ड्रेसिङ गर्नको लागि घर देखि अस्पताल सम्म र अस्पताल देखि घर सम्म, विपदको समायमा पूर्व अस्पताल सेवालाई सूचारु गर्न वा प्रेषण केन्द्रले स्वास्थ्य सामाग्रीहरु विपद परेको ठाउँ सम्म ओसार पसार गर्न पीटीभीको रुपमा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।

धादिङका ५८ वटा एम्बसलेन्सहरुले ‘ग’ वर्गका अर्थात ‘थर्ड क्लास’ बाट स्तर उन्नती गर्न तयार होलान त ? एम्बुलेन्स चालन समाज धादिङका संस्थापक अध्यक्ष एवम् एम्बुलेन्स चालन भेषरान खाँडठकुरी भन्छन् सरकारले भनेर मान्नै पर्यो । स्तरउन्नती गर्न एउटा गाडीले ५ लाख भन्दा बढी खर्च गर्नुपर्ने हुन्छ धादिङमा आधा पनि स्तरउन्नती हनुने बताउँछन् ।

धादिङमा संचालनमा रहेका एम्बुलेन्सको सूचि
१. जिल्ला अस्पताल धादिङबेसी सरकारी ‘ख’ वर्ग ५४८२ सम्पर्क 9841156153
२. पिपलडाँडा युवा समाज नीलकण्ठ २ सरकारी ‘ग’ वर्ग, प्र.३–०१०२२ च २५४४ सम्पर्क 9860884008
३. मु.भ. स्वास्थ्य चौकी नीलकण्ठ ९ सरकारी ‘ग’ वर्ग, बा.२झ.४४७१ सम्पर्क 9869226660
४. नीलकण्ठ नगरपालिका ७ सरकारी ‘ग’ वर्ग, बा.२ झ.२५४४ सम्पर्क 9869525660
५.वासूदेव स्मृति संस्था समाज नीलकण्ठ ‘ग’ वर्ग, बा.१६ च.२२३६ सम्पर्क 9841991242
६. लिला बहादुर स्मृति सेवा समाज नीलकण्ठ ‘ग’ वर्ग, बा.२१ च.१६७२ सम्पर्क 9851186151
७. शहिद मेरोरियल अस्पताल नीलकण्ठ ‘ग’ वर्ग, बा.८ च.३७६१ सम्पर्क 9849862264
८. स्वर्गिय सम्सेरबहादुर, स्मृति सेवा समाज नीलकण्ठ ‘ग’ वर्ग, प्र.३–०१–२४ च ७४९८ सम्पर्क 9840537300
९. दिपबहादुर स्मृति समाज सिद्धलेक ४, ‘ग’ वर्ग, बा.१४ च.७१११ सम्पर्क 9861725555
१०. ज्यामरुङ रेडक्रस एम्बुलेन्स सेवा नीलकण्ठ ‘ग’ वर्ग, बा १० च ५७५३ सम्पर्क 9840526305
११. कालिमाटी सेवा समाज ज्वालामुखी ‘ग’ वर्ग, प्र.३–०१–०२३ च ५६२८ सम्पर्क 9851122670
१२. मैदी स्वास्थय चौकी ज्वालामुखी ‘ग’ वर्ग, बा २ झ २७२५ सम्पर्क 9808348539
१३. सिद्ध समाज सेवा नलाङ ‘ग’ वर्ग, बा ७ च ३९८६ सम्पर्क 9803015463
१४. हुमनारायण श्रेष्ठ स्मृति सेवा समाज सिद्धलेक ‘ग’ वर्ग, बा २१ च ३९७६ सम्पर्क 9860660152
१५. उग्रचण्डी युवा क्लव सिद्धलेक ‘ग’ वर्ग, प्र.३–०१–२५ च ४३०७ सम्पर्क 9808051518
१६. राजमार्ग विपद उद्दार समाज बेरो मलेखु ‘ग’ वर्ग, बा १५ च ३४१ सम्पर्क 9861334933
१७. धनमायाँ घले स्मृति प्रतिष्ठान मलेखु ‘ग’ वर्ग, बा१४च ९०७२ सम्पर्क 9841717531
१८. राजमार्ग सामुदायीक अस्पताल मलेखु ‘ग’ वर्ग, बा ८ च ५५५४ सम्पर्क 9840027027
१९. तुलसी न्यौपाने बेरो ‘ग’ वर्ग, बा १३ च १७४३ सम्पर्क 98460665207
२०. महादेवस्थान ताल्ती एम्बुलेन्स सेवा ‘ग’ वर्ग, बा २ च ४४५० सम्पर्क 9860571374
२१. विमल विशाल थपलिया प्रतिष्ठान चरौंदी ‘ग’ वर्ग, बा १३ च ८९२७ सम्पर्क 9818069696
२२. हाईवे स्पोर्ट क्लव हुग्दीखोला मझिमटार ‘ग’ वर्ग, बा११ च् ६४४० सम्पर्क 9808162211
२३. नेरेसो चरौंदी ‘ग’ वर्ग, बा १३ च ९९३९ सम्पर्क 9818849286
२४. नवराज स्मृति संस्था विदाङ बेरो ‘ग’ वर्ग, प्र.३–०१–२५ च २३१७ सम्पर्क 9841066399
२५. ईन्द्रबहादुर कुँवर स्मृति समाज धुनिबेसी ‘ग’ वर्ग, प्र.३–०१–२४च ८००७ सम्पर्क 9851195732
२६. यूनाईटेड सिमेन्ट एम्बुलेन्सेवा बेरो ‘ग’ वर्ग, बा१२च ८६०८ सम्पर्क 9841067642
२७. लायन्स एण्ड लियोक्लव खानिखोला ‘ग’ वर्ग, बा१६च १०३७ सम्पर्क9861722961
२८. जिवनपुर स्वास्थ्यचौकी धुनीबेसी ‘ग’ वर्ग, प्र.३–०१–००२च ५०९४ सम्पर्क 9840007708
२९. छत्रेदेउराली स्वास्थ्य चौकी धुनीबेसी ‘ग’ वर्ग, प्र.३–०१–००२च ५४६९ सम्पर्क 9847699132
३०. धुनीबेसी स्वास्थ्य चौकी ‘ग’ वर्ग, बा २ झ ५४६८ सम्पर्क 9847699134
३१. थाक्रे गाउँपालिकाद्वारा संचालित ‘ग’ वर्ग, एम्बुलेन्स सेवा बा १ झ ९५१० सम्पर्क 9841068149
३२. थाक्रे गाउँपालिकाद्वारा संचालित एम्बुलेन्स ‘ग’ वर्ग, प्र.३–०१–००२ च ५१४४ सम्पर्क 9851157098
३३. दिल बहादुर स्मृति समाज महादेववेसी ‘ग’ वर्ग, प्र.३–०१–०२४ च ७०९० सम्पर्क 9841872210
३४. उज्यालो भविश्य महिला समुह महादेववेसी ‘ग’ वर्ग, बा२० च ९३२३ सम्पर्क 9849773434
३५. शंकर थापा स्मृति समाज सिम्ले ‘ग’ वर्ग, प्र.३–०१–२३ च ५७११ सम्पर्क9841831162
३६. विष्णु बहादुर स्मृति संस्था सिम्ले ‘ग’ वर्ग, बा १६ च ६०२ सम्पर्क 98511119550
३७. जगत बहादुर स्मृति संस्था सिम्ले ‘ग’ वर्ग, बा १२ च २३२३ सम्पर्क 9860782030
३८. काशीनाथ स्मृति संस्था सिम्ले ‘ग’ वर्ग, प्र.३–०१–२४च ७००५ सम्पर्क 9841382623
३९. कान्छी मायाँ स्मृति संस्था सिम्ले ‘ग’ वर्ग, बा २१ च् ३७९५ सम्पर्क 9801058282
४०. सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार ‘ग’ वर्ग, बा २झ ४१७६ सम्पर्क 9849066464
४१. त्रिपुरेश्वर क्लव खहरे ‘ग’ वर्ग, बा ९ च ५२२ सम्पर्क 9849945270
४२. गंगजमुना गाउँपालिकाद्वारा संचालित फुलखर्क ‘ग’ वर्ग, प्र.३–०१–००२च ५४७६ सम्पर्क 9851277521
४३. बसेरी बुढाथुमबाट संचालिन ‘ग’ वर्ग, प्र.३–०१–००२च ५४७७ सम्पर्क 9851277520
४४. मेलमिलाप युवा क्लव कटुञ्जे ‘ग’ वर्ग, बा १९ च ७५३५ सम्पर्क 9843229609
४५. सेम्जोङ भुपु सैनिकद्वारा संचालित ‘ग’ वर्ग, बा १९ च २१०८ सम्पर्क 9843261772
४६. मार्पाक स्वास्थ्य चौकीद्वारा संचालित ‘ग’ वर्ग, प्र.३–०१–२३ च १३१३ सम्पर्क 9860443937
४७. भवनाथ स्मृति संस्था आदमघाट ‘ग’ वर्ग, बा १३ च २९४१ सम्पर्क 9851149584
४८. इन्द्रण महिला समुह बेल्खु ‘ग’ वर्ग, बा १३ च १४१३ सम्पर्क 9861247023
४९. आदमघाट अस्पताल प्रालि ‘ग’ वर्ग, बा १४ च २२९ सम्पर्क 9851120270
५०. गजुरी गापाद्वारा संचालित ‘ग’ वर्ग, बा २ झ ४३३३ सम्पर्क 9861834063
५१. पिडा स्वास्थ्य चौकी गजुरी ‘ग’ वर्ग, प्र.३–०१–००२च ५३९८ सम्पर्क 9841951015
५२. गजुरी प्राथमिक स्वास्थ्य केन्द्र ‘ग’ वर्ग, गजुरी बा २ झ ३०९८ सम्पर्क 9864534202
५३. गजुरी अस्पताल प्रालिबाट संचालित ‘ग’ वर्ग, ग ३ च ४४९२ सम्पर्क9843411159
५४. गजुरी सामुदायीक विकास समाज ‘ग’ वर्ग, बा ९ च ५३१९ सम्पर्क 9864493640
५५. गल्छी गाउँपालिकाद्वारा संचालित ‘ग’ वर्ग, बा २ झ ४४३७ सम्पर्क 9840906010
५६. खनियाबास गाउँपालिकाद्वारा ‘ग’ वर्ग, संचालित बा २ झ ४४३७ सम्पर्क 9848500973,
५७. केशरबहादुर स्मृति सेवा समाज ‘ग’ वर्ग, सिद्धलेक ४, बा १४ च ७७१ सम्पर्क 9841898941