
धादिङ । धादिङ नुवाकोट समाज यु के ले जुलाई ३० मा फुटबल धमाका र चौरासी ब्यन्जन खानाको साथमा नेपालका चर्चित कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
युकेबाट हामीलाई धन तामाङले जानकारी दिए अनुसार, उक्त दिन समाजको आयोजनामा हुने फुटबल कार्यक्रम पछि वरिष्ठ राष्ट्रिय हास्य कलाकार शैलेन्द्र सिम्खदा, लोक दोहोरी गायक नक्कले भेना (बिशाल रायमाझी) र दोहोरी गायिका अस्मिता डल्लाकोटि, चर्चित मोडेल तथा डान्सर रिना थापा मगर, स्थानीय कलाकार र भान्जा भान्जी साथै बिशाल मोक्तान DJ को प्रस्तुती रहने छ ।
संस्थाका सन्स्थापक र भु पु अध्यक्षहरुको प्रायोजनमा १ तोला सुनको प्रथम राफल उपहार लगायत हिमालयन रेस्टुरेन्ट सदबरीमा couple dinner night को कुपन सहित विविध पुरस्कारको ब्यवस्थापन मिलाएको धन तामाङले धादिङपोष्टलाई बताए । उक्त कार्यक्रममा सहभागिहरुको लागि टिकट विक्रि भई रहेको र टिकटका लागि समाजले निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न आग्रह समेत गरेको छ ।
धन पाखरिन 07830742440
गोल तामाङ +447882810989
बुद्धि तमाङ 07493431521
थमु गुरुङ खेल्कुद +447584178534
शेर पाख्रिन +447490499254
गिता भण्डारी रायमाझी +447877411649
कृष्ण पाखरिन +447737000027
