
धादिङ । धादिङ स्वास्थ्य समाजले त्रि. वि. शिक्षण अस्पताल रक्त संचार विभाग महाराजगञ्जमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा २६ पीन्ट रगत संकलन भएको छ ।
२०६४ सालमा स्थापना भएको धादिङ स्वास्थ्य समाजले १५ औंं वर्ष गाँठको उपलक्ष्यमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको बताईएको छ । आज ४ जनाको ए, बि र ओ गरि ‘नेगेटीभ’ समूहका रगत संकलन भएको बताईएको छ ।
