शंखादेवीका शिक्षकहरु आइसिटि तालिम लिँदै

Avatar photo
Dhadingpost
साउन ६, २०७९

धादिङ । बेनिघाट रोराङ गाउँपालिका स्थित शंखादेवी माध्यमिक विद्यालय मझिमटारले शिक्षकहरुका लागि आइसिटि तालिम सुरु गरेको छ ।

शिक्षक तिलक चेपाङका अनुसार यो तालिम ३ हप्तासम्म सञ्चालन हुनेछ । तालिममा विद्यालयका शिक्षक, विद्यालय नर्स सहित २३ जनाको सहभागिता रहेको छ ।

तालिमलाई विद्यालयका आइसिटि शिक्षक विश्वदीप डल्लाकोटीले सहजिकण गरेका छन् ।