
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमालाई थप प्रभावकारी बनाउँदै आवद्ध घर संख्या ३३ प्रतिशतबाट ५० प्रतिशतमा पु(याउने लक्ष्य लिएको छ ।
बोर्डले आर्थिक वर्ष २०७९र८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बीमा कार्यक्रमलाई अझै प्रभावकारीरूपमा संचालन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरी स्मार्ट कार्ड प्रविधि अपनाईने जनाएको हो ।
त्यस्तै, कडा रोगको उपचारसँग सम्बन्धित कार्यक्रमलाई बीमा व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गरी सञ्चालन गर्न आवश्यक जनशक्ति, कार्यविधि, निर्देशिकाका साथै अन्य व्यवस्थापन गर्ने र स्वास्थ्य बीमा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न पहल गर्ने भएको छ । त्यस्तैगरी, नागरिकको आवद्धता र नवीकरणको (दर वृद्धि नवीकरण नगर्ने दरलाई कम गर्ने) गर्नका लागि ड्रप आउट बढी भएको र आवद्धता कम भएका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको १७ बुँदे वार्षिक नीति तथा कार्यक्रम
