
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले १० लाखको खेलकुद सामाग्री खरिद गरेको छ । जिल्ला खेलकुद विकास समितिको धादिङको इतिहासमा यो पहिलो पटक हो यति धेरै रकमको एकै पटक खेल सामाग्री खरिद भएको ।
जिल्ला खेदकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तमाङका अनुसार प्रदेश सरकारको १० लाख आर्थिक सहयोगमा खेल समाग्रीहरु खरिद गरिएको हो । अब खेलकुद सामाग्री जिल्लामा अभाव हुँदैन र छ भनेर ह्वार ह्वार पनि बाँडिदैन प्रतियोगिता हुँदा फिर्ता गर्ने गरि खेलकुदले सामाग्री उपलब्ध गराईने उनले बताए ।
यी हुन् खेलकुद धादिङले खरिद गरेको १० लाखको खेल सामाग्री
१. टिथ गार्ड २० थान
२. ग्रोईन गार्ड ८ थान
३. पञ्चिङ प्याड ३ सेट
४. ओईङ मेशिन ३ थान
५. चेस २५ थान
६. ब्याडमिण्टन १० थान
७. ब्याडमिण्टन नेट ३ वटा
८. सटल कर्क १० दर्जन
९. क्रिकेट खेल सामाग्री २ सेट
१०. ज्याबलिङ थ्रो पुरुष १ थान
११. ज्याबलिङ थ्रो महिला १ थान
१२. सटपुट महिला १ सेट
१३. सटपुट पुरुष १ सेट
१४.तेक्वान्दो चेष्टप्याड ३ नम्बर र २ नम्बरको ४ थान
१५. तेक्वान्दो सिन प्याड ४ थान
१६. तेक्वान्दो हेड गार्ड ४ थान
१७. तेक्वान्दो ग्रोइन गार्ड ४ थान
१८. तेक्वान्दो सेन्सर सक्स ३ सेट
१९. फुटबल ५५ वटा
२ं०. फुटबल जाली ४ थान
२१. भलिबल नेट ५ वटा
२२. भलिबल ५५ वटा
२३. कराँते ग्लोब्ज ५ सेट
२४. सिन प्याड ५ सेट
२५.चेष्ट प्याड ६ थान
२६. किंक प्याड ३९ थान
२७. टेवल टेनिस बल ५ दर्जन
२८. टेवल टेनिशस नेट ४ वटा
२९. टेवल टेनिस ब्याट १० सेट
३०. बक्सिङ ग्लोब्ज १ सेट
३१. बक्सिङ हेल्मेट १ थान
३२. म्याट १०० थान
३३. डिसकस थ्रो १ थान
