कुवेरको देश (गजल)

Avatar photo
Dhadingpost
साउन ५, २०७९

देश भक्ति सहिदलाई वीर भन्दछु,
सगरमाथाको टुप्पोलाई शिर चन्दछु ।
देशको सम्पति खानु जति खायौ,
मनको सुकेनास नबन अब फिर भन्दछ ।
कुबेर नै बनेको होला तिमिहरु आज भोली
जनतालाई शोषण गर्ने लुट्नेलाई गिर भन्दछु।

पर्यावरण सम्पत्तिलाई रोटि बनाइ खायौ
अब अतिको खति हुन्छ यसको मूल्य तिर भन्दछु।
धेरै खाइ कुपोषण भइ राखेको होला
कोदाको फाँडो खुवाउदै खिर भन्दछु ।
अत्यचार हदैसम्म वृद्धि हुदैछ अचेल
सडेका मुटु तुरुन्त चिर भन्दछु ।

हाम्रो देशको कानुन नजान्नेले मानुन्
जनतालाई चेतना दिई पिर भन्दछु ।
यस्तै संस्कार जनतासामु राख्दै गए फेरि
कैदिखानाको कोठा भित्र छिर भन्दछु ।
देश भक्ति सहिदलाई वीर भन्दछु,
सगरमाथाको टुप्पोलाई शिर चन्दछु ।
-दिपक सापकोटा, ज्वालामुखी धादिङ