रुबीभ्यालीमा पुरानै ३ कर्मचारीले निकाले एचएमा नाम

Avatar photo
Dhadingpost
साउन ४, २०७९

धादिङ । सबै करार कर्मचारीहरु नियुक्ती खारेज गरेर पुनः कर्मचारी माग गरेको धादिङको रुबीभ्यालीले पहिलो चरणमा स्वास्थ्य तर्फ करार कर्मचारी नियुक्त गर्नसुरु गरेको छ । रुबीभ्यालीले स्वास्थ्य तर्फ एचए ३ जना, अहेव ८ जना, अनमी ९ जना, ल्याव टेक्निसियन ३ जना र कार्यालय सहयोगी ६ जना करार कर्मचारीको लागि लिखित परिक्षा सकेर अन्तरवार्ता लिईरहेको छ ।

एचए तर्फ १२ जना प्रतिपर्धीहरुमा ३ जनाले नाम निकाली सकेका छन् , नाम निकाल्ने ३ नै जना पुरा नै कर्मचारी हुन् । अन्य पदका लागि अन्तरवार्ता जारी रहेको र आजै सबै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको पालिका अध्यक्ष रामसिंह तामाङले धादिङपोष्टलाई बताए ।

पुराना कर्मचारीहरु राप्रपाले आफ्ना कार्यकर्ताहरु मात्रै भर्ना गरेको आरोप लागेपछि नव निर्वाचित स्थानीय गठबन्धन सरकारले यस अघिका करार कर्मचारीको नियुक्ती थप नगरि पुन: कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाएको थियो । मुल्याङ्कन मापदण्डमा स्थानीयलाई १५ नम्बर, अनुभवलाई १० नम्बर र शैक्षिक योग्यताको श्रेष्णीलाई ५ नम्बर, अन्तरवार्ता २० नम्बर लिखित १०० पूर्णाङ्क निर्धारण गरिँदा जिल्ला बाहिरका र स्थानीय तहका नयाँ कर्मचारीहरुको भन्दा पुराना कर्मचारी कै अंक भार बढी हुँन जाँदा अब नयाँ नियुक्त गर्न लागिएका कर्मचारीहरु पनि पुरानै आउन सक्ने आँकलन गरि रहँदा एचए तर्फ पुरानै कर्मचारीहरुले नाम निकालेका छन् ।

एचएमा नाम निकाल्नेमा विममाया तामाङ, तेन्जिङ डोल्मा घले र प्रकाश लामा रहेका छन् । उनीहरुलाई तिप्लिङ स्वास्थ्य चौकी, सेतुङ स्वास्थ्य चौकी र लापा स्वास्थ्य विन्दुमा खटाईने अध्यक्ष रामसिंङ तामाङले बताए ।

३ जना एचएमा चाहिनेमा १२ जनाले, ८ जना अहेव चाहिनेमा २७ जनाले, ९ जना अनमि चाहिनेमा १३ जनाले, ३ ल्याव टेक्निसियन चाहिनेमा ११ जनाले र ६ जना कार्यालय सहयोगि चाहिएकोमा ६७ जनाले आवेदन दिएका छन् । कार्यालय सहयोगीको अन्तवार्ताबाट ६ जना नियुक्त गरिने छ भने अरु पदका तोकिएको सबै परिक्षा गरिने पालिकाले जनाएको छ । सबै पदका लागि २९ जना कर्मचारी माग भएकोमा जिल्ला भित्र, जिल्ला बाहिर रौतहट, सोलुखुम्बु, जारकोट, रामेछाप लागयतका जिल्लाबाट १३० जनाले आवेदन दिएका छन् ।