थाक्रेले नाइट भिजन सिसि क्यामेरा जडान गर्ने

Avatar photo
Dhadingpost
साउन ४, २०७९

धादिङ । धादिङको थाक्रे गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको ९३ औं बैठकले सुरक्षा चुनौति रहेका क्षेत्रहरुमा नाइट भिजन सिसि क्यामेरा जडान गर्ने निर्णय गरेको छ ।

बैठकले वडामा रहेका करार कर्मचारीहरुको म्याद थप गर्ने या नगर्ने वडाले नै पालिकामा सिफारिस गर्न पाउने, भुमि वर्गिकरणको सम्बन्धमा ततकाल विज्ञ सँग समन्वय गर्ने, बिक्री तथा निकासी कर का लािग २० जना करार कर्मचारी नियुक्ति गर्ने लगायतका निर्णयहरु गरेको छ ।

यस्ता छन् बैठका निर्णयहरु
१. भुमी बर्गिकरण सम्बन्धमा तत्काल विज्ञ प्राविधिकको समन्वयमा छलफल गरि जग्गा बर्गिकरण गर्ने र अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने
२. करार कर्मचारीको सम्बन्धमा वडा तहमा रहेका स्वास्थ्य तथा अन्य कर्मचारीहरूको म्याद थप गर्ने रनगर्ने वडाले सिफारिस गर्ने
३. शिक्षकको विषयमा श्रावण १५ गतेसम्म वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रध्यानाध्यापकको प्रतिवेदन लिइ पालिका स्तरको कार्यदल गठन गर्ने र भाद्र मसान्तसम्म अनुगमन गरि दरबन्दी मिलान गर्ने र आवश्यक परेमा शिक्षक सरुवा गर्ने र भाद्र मसान्तसम्म काम नसके करार माग गरि नयाँ शिक्षक माग गर्ने, विधि, प्रक्रिया, कार्यविधि अनुसार पालिका उपाध्यक्ष यन्त्र वहादुर थापाको संयोजकमा अपाङ्ग समन्वय समिति पुनर्गठन गर्ने
४. बिक्री तथा निकासी कर बिषयमा २० जना करार कर्मचारी नियुक्ति गर्ने
५. महादेववेशि प्रहरी चौकी अगाडिको पर्खाल प्राविधिक समिति अनुसार निर्माण गर्ने
६. पालिकाको स्वास्थ्य शाखा, पशु तथा कृषि शाखा, महिला तथा बालबालिका शाखा, आइटी अफिसर, प्रधानमन्त्री रोजगार, कार्यालय सहयोगी, पञ्जिकरण विभाग बाहेकका करार कर्मचारीको म्याद थप नगर्ने
७. पालिकाका बिभिन्न ठाउँमा आवश्यक अनुसार नाइट भिजन सिसि क्यामेरा जडान गर्ने
८. बिक्री तथा निकासी करको ठेक्काको म्याद थप नगर्ने