
धादिङ । सरकारले स्थानीय तहमा सञ्चालन हुन लागेका ५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको संगठनात्मक संरचना र दरवन्दी स्वीकृत गरेको छ । २१ असारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार आधारभूत अस्पतालहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो । स्वास्थ्य मन्त्रालयको पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई संगठन संरचना र दरवन्दी पठाएको छ ।
उक्त पत्रमा जनाए अनुसार धादिङको गल्छी गाउँपालिकामा १५ शैया र बेनीघाट रोराङमा १० शैयाको आधारभुत अस्पतालका लागि संगठनात्मक संरचना र दरवन्दी स्वीकृत गरिएको दरवन्दी विवरण पठाएको छ ।
गल्छीमा १५ शैयाको आधारभुत अस्पतालको लागि ९ औँ वा १० औँ तहको मेडिकल जनरलिस्टले नेतृत्व गर्ने गरी दरवन्दी प्रस्ताव गरिएको छ भने २ मेडिकल अधिकृत, ६ स्टाफ नर्स र ४ हेल्थ असिस्टेन्स र फर्मेसी सहायक, कविराज आयुर्वेदं साहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी साहायक, डेन्टल हाइजेनिष्ट, नयाँ सुब्बा जना गरी ३० जनाको दरवन्दी रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ ।
यस्तै बेनीघाट रोराङको १० शैयाको आधारभुत अस्पतालको लागि ८ औँ तहको मेडिकल अधिकृतले नेतृत्व गर्ने । स्टाफ नर्स ५ जना, अधिकृत २ जना, हेल्थ असिस्टटेन्ट ३ जना र कार्यालय सहयोगी जना, कविराज आयुर्वेदं साहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी साहायक, डेन्टल हाइजेनिष्ट, नयाँ सुब्बा १-१ जना र सरसफाईकर्मी २ जना गरी २२ जनाको दरवन्दी रहने प्रस्ताव गरिएको छ ।



