पछिल्लो २४ घण्टामा ३५७ जना कोरोना संक्रमित थपिए

Avatar photo
Dhadingpost
साउन ३, २०७९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।