
धादिङ । रोेटरी क्लव अफ धादिङको ७ औं अध्यक्षमा रोहित भण्डारी चयन भए सँगै निर्वमान अध्यक्ष भिमबहादुर श्रेष्ठले पद हस्तान्तरण गरेका छन् । भण्डारी ०२२-२३ का लागि अध्यक्षमा चयन भएका हुन् ।
यस्तै रोटरी क्लव अफ धादिङ सातौं कार्य कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र रिजाल, सचिवमा विष्णुकुमार श्रेष्ठ, सह सचिवमा रामहरि अधिकारी, कोषाध्यक्षमा रेसु अधिकारी र सह कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।
रोटरी अफ धादिङले सामाजिक काममा आफ्नो बलियो उपस्थित देखाउँदै, धादिङमा दुई वटा विद्यालय भवन निमार्ण, जिल्ला अस्पतलालाई ६५ लाख बराबरको उपकरण सहयोग गरेको थियो भने । आगामी दिनमा पनि रोटरी क्लवले सहयोगको क्षेत्रलाई फराकिलो बनाउने अध्यक्ष भण्डारीले प्रतिवद्धता जनाएका छन् ।
