
काठमाडौं । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट हुँदै नामिबियासँग लज्जास्पद हार व्यहोरेको छ ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको यो नेपाली क्रिकेटका लागि सकारात्मक हैन ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अन्तिम खेल स्कटल्यान्डसँग आइतबार खेल्नेछ । नेपाल १९ खेलमा १० मा हार र ८ मा जितका साथ १७ अंकका साथ छैटौं स्थानमा झरेको छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अंक जोड्दै पाँचौं स्थानमा छ ।
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २३ खेलमा १५ मा जित र ६ मा हारका साथ ३२ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हार सहित १८ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १९ खेलमा ८ मा जित र १० मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।
