करारका सबै स्वास्थ्यकर्मीलाई साउन १ बाट हटाइने

Avatar photo
Dhadingpost
असार ३२, २०७९

काठमाडौं । सरकारले देशभरिका ६ सय ४९ पालिकाको अस्पतालमा कोभिड–१९ मा खटिएका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई साउन १ बाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ ।

शुक्रबार मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोखरेल र प्रशासन सचिव देवकुमारी गुरागाईसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

वीर अस्पतालको नयाँ सर्जिकल भवन चलाउन पुल दरबन्दीमा रहेकाबाहेक अन्यलाई हटाउने निर्णय भएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बताए । ‘जो पुल दरबन्दीअनुसार काम गरिरहनुभएको छ, लोकसेवाले स्थायी कर्मचारी नलिउन्जेल काम गर्नुहुन्छ,’ उनले भने, ‘अन्य आवश्यक कर्मचारीको हकमा मन्त्रालयसँग समन्वय गरी नियमअनुसार जनशक्ति व्यवस्थापन हुनेछ ।’ कोभिड–१९ को उपचारका लागि प्रदेशमा रहेका केन्द्रीय र प्रदेशस्तरीय अस्पताल तोक्ने निर्णय पनि गरेको छ ।