डा. राजाराम कार्कीको अमेरिकामा क्यान्सरको उपचार हुँदै

Avatar photo
Dhadingpost
असार ३०, २०७९

काठमाडौं । धादिङका प्रदेश सांसद एवमं नेपाली काग्रेस धादिङका नेता डा. राजाराम कार्की यतिबेला अमेरिका एक हस्पिटलमा उपचारत छन् । डा. कार्कीको स्वास्थ्य बारे चासो भए सँगै उनले सामाजिक संजाल मार्फत सन्देश प्रवाह गरेका छन् ।

हजारौं विरामीहरुको उपचारमा संलग्न भएका डा. कार्की आफ्नो उपचारको सम्भावना नेपालमा नभएपछि अन्तिम विकल्पका रुपमा अमेरिकाको टेक्सास युनिभर्सिटीको एमडी एण्ड रसन क्यान्सर सेन्टर पुगेका हुन् ।

उनले अस्पतालबाटै आफ्नो समाजिक संजाल मार्फत केमोथेरापी लिएपछि आफूलाई औषधीको कुनै साइड ईफेक्ट नभएको जनाउँदै मलाई आशा छ, म पक्कै पनि राम्रो हुने छु, लेखेका छन् ।