मलेखु रिचोकचारमा पालिका अध्यक्ष सहित ११९ जनाद्वारा रक्तादान

Avatar photo
Dhadingpost
असार ३०, २०७९

धादिङ । बेनीघाट रोराङका पालिका अध्यक्ष कृष्णबहादुर थापलिया विवेक सहित ११९ जनाले बुधबार रक्तदान गरेका छन् । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि को २७ औँ स्थापना दिवसको अवसरमा मलेखु स्थित रिचोकटारमा रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी रक्त सेवा केन्द्र धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठका अनुसार उक्त रक्तदान कार्यक्रममा २८ जना महिला र ९१ पुरुष गरि ११९ जनाले रक्तदान गरेका थिए ।

जनकल्याण बचत तथा ऋण सहकारी संस्था बेनिघाट रोराङ ३ रिचोकटार धादिङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोगमा आयोजित उक्त रक्तदान कार्यक्रममा रिलायवल फुड एण्ड वेभरेज प्रा।लि। काठमाण्डौँ र सिजि फुड्स नेपाल प्रा।लि ललितपुरको सहयोग रहेको थियो ।