थाेपल खाेलामा एक महिलाकाे शव भेटियाे

Avatar photo
Dhadingpost
असार २५, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ थोपल खोला किनारमा निलकण्ठ नगरपालिका वडा नम्बर ७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ ।

शुक्रबार घरबाट घाँस काट्न भनेर हिँडेकी रेग्मी घरमा नआएपछि खोजि कार्य थालिएको थियो । अाज बिहान थाेपल खाेला किनारमा मृत भेटिएकी हुन् ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।